09:46PM
फागुन २० गते २०८२

मोरङमा निर्वाचन विरोधी गतिविधि गर्दै हिंडेका नेपाल कम्युनिस्ट पार्टीका दुई नेता पक्राउ

फागुन २० गते २०८२
7:41 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । मोरङमा निर्वाचन विरोधी गतिविधि गर्दै हिंडेका नेपाल कम्युनिस्ट पार्टी बहुमतका दुई नेता पक्राउ परेका छन् ।बुधबार दिउँसो मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल पक्राउ परेका हुन् । प्रहरीका अनुसार चम्लागाईं मोरङ जिल्ला इन्चार्ज हुन्, पौडेल जिल्ला सचिव हुन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकमा निर्वाचन गतिविधि गर्दै हिडेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट को ६ प ५११६ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल फोन ५ थान, पार्टीको झण्डा १ थान र निर्वाचन विरोधी १०७ थान पर्चा तथा पम्पलेट बरामद भएको छ । चौधरीका अनुसार बुधबार सुन्दरहरैंचा नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको होक्स बम सर्वसाधारणलाई तर्साउन राखिएको नक्कली बम घटनामा संलग्न भएको आरोपमा अनुसन्धान पनि भइरहेको छ । बुधबार पूर्व–पश्चिम राजमार्गको सुन्दरहरैंचा नगरपालिका–१० शंकास्पद बस्तु फेला परेको थियो । शंकास्पद बस्तु बम नभइ रङको बट्टा भएको खुलेको थियो ।

रिप्लाई गर्नुहोस