08:52PM
माघ २९ गते २०८२

शेयर बजार आज स्थिर,८ अर्ब ६९ करोड रुपैयाँ काराेबार

माघ २९ गते २०८२
6:30 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । शेयर बजार आज स्थिर रहेको छ । हिजो २ हजार ६ सय ६२ विन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज पनि २ हजार ६ सय ६२ विन्दुमै रहेको छ । आज बैंक, विकास बैंक, जलविद्युत्, लगानी र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ३३ वटा कम्पनीको शेयर घटेकोमा १ सय १३ वटाको बढेको छ । यस्तै १३ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज रिडी पावर कम्पनीको शेयर ९ दशमलव ६७ प्रतिशतले बढेको छ । बजार खासै घटबढ नभएको दिन सुपर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव ३९ प्रतिशतले ओरालो लागेको छ । आज कारोबार रकम सामान्य बढेको छ । हिजो ८ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका २ करोड २२ लाख कित्ता शेयर ८ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।

रिप्लाई गर्नुहोस