10:08PM
माघ १ गते २०८२

दोलखाको मेलुङ गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पौष २८ गते २०८२
7:26 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानिरनोक्सानी पुर्‍याएको आरोपमा दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ का अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष ईश्वर कोइराला, तत्कालीन वडा सचिव विनय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले कीर्ते सहीछाप गरि मृत्यु भइसकेका १४ जना व्यक्तिका नाममा सामाजिक सुरक्षाबापतको रकम बुझेका अख्तियारको आरोपपत्रमा उल्लेख छ । वडाध्यक्ष कोइरालाले ८ हजार, कार्यालय सहायक थापाले १ लाख र वडा सचिवले ६४ हजार रुपैयाँ भुक्तानी लिएका अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयो ।

रिप्लाई गर्नुहोस