11:16PM
फागुन १२ गते २०८२

काठमाडौँको संखरापुर स्थित लप्सेफेदी जङ्गलमा बस दुर्घटना

पौष २३ गते २०८२
7:38 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । काठमाडौँको संखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जङ्गलमा बस दुर्घटना भएको छ । स्थानीय ढोल्बु सामुदायिक बनमा बा।४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । बसमा नेचर हब कम्पनीमा आबद्ध यात्रु सवार थिए । पिकनिक स्पटबाट फर्किँदै गरेको बस सडकबाट १ सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा ४० जना सवार थिए ।

दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई अस्पतालमा पठाएको एसपी सुवेदीले जानकारी दिए । घाइतेहरूको शंखरापुर स्थित पिपुल्स अस्पताल, नेपाल मेडिकल कलेज जोरपाटी र सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

रिप्लाई गर्नुहोस