11:29AM
पौष २३ गते २०८२

भक्तपुरको थिमीमा सनिप चाम्लिङ राईले आफ्नै कन्चटमा गोली हानी आत्महत्या

पौष २१ गते २०८२
7:16 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । भक्तपुरको थिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको घटनामा प्रयोग भएको बन्दुक लाइसेन्स प्राप्त रहेको खुलेको छ । घटनामा प्रयोग भएको हतियार सूर्यकुमार नेम्वाङको नाममा लाइसेन्स प्राप्त रहेको पाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए । नेम्वाङको नाममा रहेको आधुनिक हतियारले कन्चटमा गोली हानेर ४० वर्षीय सनिप चाम्लिङ राईले आत्महत्या गरेका थिए । आफैंलाई गोली हान्ने राई मानसिक समस्यामा रहेको उनका परिवारका सदस्यले बताएका छन् ।

मृतक राई र हतियारको लाइसेन्स लिएका सूर्य नाताले साला–भिनाजु रहेको पाइएको छ । भिनाजुको नाममा रहेको बन्दुकले राईले सोमबार दिउँसो साढे ३ बजे आत्महत्या गरेका हुन् । मध्यपुर थिमी नगरपालिका–६ राईटोल बस्दै आएका उनी अविवाहित रहेको प्रहरीले बताएको छ । दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौंथो तलामा राईले कोठाको चुकुल लगाएर आफैंले कन्चटमा गोली हानेको प्रहरीले बताएको छ । बरामद बन्दुकमा जिएस–५ जर्मन लेखिएको छ ।

रिप्लाई गर्नुहोस