07:58PM
पौष ७ गते २०८२

शेयर बजार लगातार कारोबार घट्याे

पौष ७ गते २०८२
5:49 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ८८ अङ्कले घटेर २ हजार ५ सय ८१ दशमलव २१ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज २ सय वटा कम्पनीको शेयर घटेकोमा ५४ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव ८४ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ सय ३२ वटा कम्पनीको ९१ लाख ६७ हजार कित्ता शेयर ३ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।

रिप्लाई गर्नुहोस