02:16AM
पौष ३ गते २०८२

निर्वाचित एमाले अध्यक्ष ओलीले लिए शपथ

पौष ३ गते २०८२
6:50 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले शपथ लिएका छन् । बिहीबार सम्पन्न ११औं महाधिवेशनबाट उनी अर्का प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनको मत परिणाम सार्वजनिक भएपछि एमाले महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण भइरहेको छ । नवनिर्वाचित अध्यक्ष ओलीले शपथ लिइसकेका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम भइरहेको छ ।

रिप्लाई गर्नुहोस