12:29PM
मंसिर १३ गते २०८२

नाबालिका छोरीको चिनियाँ नागरिकसँग विवाह गराइदिने बाबुसहित चिनियाँ नागरिक पक्राउ

मंसिर १२ गते २०८२
7:03 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । आफ्नै नाबालिका छोरीको चिनियाँ नागरिकसँग विवाह गराइदिने बाबुसहित चिनियाँ नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाको करैयामाई गाउँपालिका १ हरैयाका ४४ वर्षीय जाकिर हुसेन देवानले आफ्नो उमेर नपुगेकी छोरीको चिनियाँ नागरिकसँग विवाह गराइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेका चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएको पाईएको बारा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चिनको गान्सु प्रान्त स्थायी ठेगाना भएका राहदानी नम्बर ई क्यु ३८७७४०४ भएको न्यु युविन रहेका छन्। बुधबार राति नाबालिका र चिनियाँ नागरिकका विचमा विवाह भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नीरिक्षक प्रकाश खड्काको नेतृत्वमा प्रहरी टोली देवानको घरमा पुगेको थियो।

प्रहरी पुग्दा पक्राउ परेका चिनियाँ नागरिक र देवानकी नाबालिका छोरीको वैवाहिक पहिरनमा सामाजिक परम्परा अनुसार घर भित्रै वैवाहिक कार्यक्रम हुँदै थियो। पक्राउ परेका दुवैजनालाई प्रहरीले बिहीबार जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

रिप्लाई गर्नुहोस