01:14PM
मंसिर ७ गते २०८२

नागरिक उन्मुक्ति पार्टी नेपालको बैठक एवं प्रशिक्षण कार्यक्रम आजदेखि सुरु

मंसिर ६ गते २०८२
3:52 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक एवं प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ । नागरिक उन्मुक्ति पार्टी छाडेर हालै मात्र निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता गराएका रेशम चौधरीले आज पहिलो केन्द्रीय समितिको बैठक एवं प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हुन् । यद्यपि रेशम चौधरी हाल सो पार्टीमा कुनै पनि पदमा छैनन् ।

नाउपा नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानका अनुसार दुई दिनसम्म चल्ने बैठकमा सङ्गठन विस्तार, चुनावी तयारी लगायतको विषयमा छलफल हुन्छ । यो बैठकपछि नाउपा नेपालले चुनावी अभियान चलाउने बताउँदै उनले अभियानसँगै पार्टी निर्माणको काम पनि अगाडि बढ्ने बताए । आजको बैठक चलिरहेको बेला सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज प्रेमलाल चौधरी नाउपामा प्रवेश गरेको उपाध्यक्ष खानले बताए । आजै नाउपा नेपालको पार्टी कार्यालय पनि सिनामंगलमा उद्घाटन गरिएको छ ।

रिप्लाई गर्नुहोस