09:36PM
कार्तिक २७ गते २०८२

सुनको भाउ एकैदिन तोलामा चार हजार नौ सय रुपैयाँले बढ्यो

कार्तिक २६ गते २०८२
12:19 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा चार हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको तीन हजार एक सय ६५ रुपैयाँ थियो ।

रिप्लाई गर्नुहोस