09:18AM
कार्तिक १६ गते २०८२

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन खारेज

कार्तिक १३ गते २०८२
7:22 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । उच्च अदालत पाटनले यसअघि दिएको आदेश खारेज गर्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै रहने आदेश गरेको छ । पाण्डेले दायर गरेको रिट खारेज गरिएको उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए । न्यायाधीशहरु डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दिएको रिट निवेदन खारेज गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यकक्षमा प्रवेश रोक लगाएपछि उनलाई निलम्बन गरिएको थियो । आफूलाई गैरकानुनी रुपमा नै निलम्बन गरिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए । सोही रिट अहिले खारेज गरेको हो ।

रिप्लाई गर्नुहोस