09:26AM
पौष ४ गते २०८२

मनाङको तिलिचो बेस क्याम्पमा हिमपातमा फसेका सात सय ५० जनाको उद्धार

कार्तिक १२ गते २०८२
5:52 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र परेका सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ को खाङसार ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

अन्य ५० जनालाई तिलिचो बेस क्याम्पमा सुरक्षित साथ राखिएको छ । मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । यसैबीच तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर बेहोश भएका काठमाण्डौ महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ ।

रिप्लाई गर्नुहोस