03:50AM
कार्तिक ८ गते २०८२

भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

कार्तिक ५ गते २०८२
8:54 am
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । भरतपुर विमानस्थलनजिकै स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा दुई युवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर–१० विमानस्थल नजिकै बागमति प्रदेश ०६–००३ प ०६९२ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि बसेका भरतपुर–२१ कै २८ वर्षीय कुशल अर्यालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

रिप्लाई गर्नुहोस