भारतीय नम्बर प्लेटको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद
काठमाडौं । भारतीय नम्बर प्लेटको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ खटौतीस्थित गोर्खाली होटल अगाडि पार्किङ गरी राखेको बीआर ०१ जीबी ८६५३ को नम्बरको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जोगिमाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएको हो । ट्रकको क्याबिन पछाडिको ढालामा फल्स बटन बनाएर रातो प्लास्टिकले बेरेको अवस्थामा ३० पोकामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ट्रकसँगै २ जना मानिसलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।