02:30AM
मंसिर २९ गते २०८२

नेकपा माओवादी केन्द्रले फागुन २१ मै प्रतिनिधिसभाको चुनाव गराउन निर्णय

असाेज १० गते २०८२
7:08 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन २१ मै प्रतिनिधिसभाको चुनाव गराउन लाग्ने निर्णय गरेको छ । बिहीबार र शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने । निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने’ माओवादीको निर्णय छ । भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।

त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन्। उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा अन्य नेताहरूले समेत समर्थन जनाए । सोही अनुसार माओवादीले ‘तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने, निर्वाचनको तयारी महाधिवेशनको काम संगसँगै गर्ने निर्णय गरेको हो।

रिप्लाई गर्नुहोस