08:39AM
भाद्र २८ गते २०८२

नेपाल र बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि तयारी पूरा

भाद्र १६ गते २०८२
7:29 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि तयारी पूरा भएको अखिल नेपाल फुटबल महासङ्घ एन्फाले जनाएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै एन्फाले यही भदौ २१ र २४ गते हुने प्रतियोगिताका लागि तयारी पूरा भएको जानकारी गराएको हो । यस्तै एन्फाले मैत्रीपूर्ण फुटबलका लागि टिकट मूल्यका बारेमा पनि जानकारी गराएको छ । टिकट मूल्य सामान्य पारापिटतर्फ ५ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले बङ्गलादेशको राष्ट्रिय फुटबल टोली पर्सि नेपाल आइपुग्ने जानकारी दिनुभयो । बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीमा रहेको नेपाली सेनाको खेलमैदान र ललितपुरमा रहेको च्यासल रङ्गशाला मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ । एन्फाको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । खेलको अनुमानित बजेट १ करोड २७ लाख रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

रिप्लाई गर्नुहोस