माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी पदाधिकारी बैठकले पर्सि शुक्रवारदेखि शुरू हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
पर्सि बस्ने बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट अध्यक्षले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने उहाँले बताउनुभयो । त्यस्तै पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने विषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषयलगायतमा छलफल गर्ने एजेन्डा तय भएको माओवादी केन्द्रले जनाएको छ ।