11:36AM
असार २७ गते २०८२

त्रिवि का नवनियुक्त उपकुलपति प्रा.डा.दीपक अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण

असार २५ गते २०८२
7:59 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय त्रिवि का नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले अर्याललाई शपथ गराउनुभएको हो । शपथ कार्यक्रममा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त पनि सहभागी हुनुहुन्थ्यो । कुलपति ओलीले उपकुलपतिमा सिफारिश भएकामध्येबाट डा। अर्याललाई आज नियुक्त गर्नुभएको थियो ।

रिप्लाई गर्नुहोस