त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्याललाई सिफारिस गरेको हो । उपकुलपतिको लागि १२ जना प्रतिस्पर्धामा थिए ।
ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । केसरजङ्ग बरालले १५ चैतमा राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो । अब तीन जनाबाट एक जनालाई कुलपति ओलीले उपकुलपतिमा नियुक्त गर्ने छन् ।
