08:34PM
जेठ १७ गते २०८२

सरकारले मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा कर वृद्धि

जेठ १६ गते २०८२
8:27 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सरकारले मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा कर वृद्धि गरेको छ । संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मदिरा, बियर, सुर्ती र विद्युतीय चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी गराएका हुन् ।

यस्तै, भन्सार महसुलका केही दरमा समायोजन भएको छ । विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि भएको छ भने स्वास्थ्य जोखिम करको दायरा विस्तार भएको छ ।

रिप्लाई गर्नुहोस