राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाए

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १ :३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
आगामी दिनमा हिन्दुराष्ट्र तथा राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नका लागि राजावादीहरुबीच एकजुट हुनुपर्ने आवाज उठिरहेका बेला थापाले बैठक बोलाएका हुन् । महामन्त्री बर्तौलाका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार काठमाडौंमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम र आगामी योजनाबारे बैठकमा छलफल हुने छ ।
