09:32AM
फागुन २८ गते २०८१

बागमती प्रदेश सरकारले भौतिक रूपमा रहेका २५ लाख ढड्डालाई विद्युतीय अभिलेख शुरू

फागुन ७ गते २०८१
7:15 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । बागमती प्रदेश सरकारले भौतिक रूपमा रहेका ढड्डालाई विद्युतीय अभिलेख शुरू गरेको छ । भौतिक रूपमा रहेका २५ लाख फाइलको विद्युतीय अभिलेख शुरू गरेको यातायात व्यवस्था कार्यालय गुर्जुधाराका प्रमुख नेत्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक रूपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरू भएको हो । विद्युतीय अभिलेखपछि अभिलेखहरू हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका गाडीको पनि गाडी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेख गरिने बताउनुभयो । कतिपय गाडी घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएको उहाँको भनाइ छ । कर कार्यालयमा गएर लगत कट्टा र खारेज नगरेसम्म करको दायित्व गाडी धनीकै हुने भएकाले प्रयोगविहीन गाडीको लगत कट्टा गर्न यातायात व्यवस्था कार्यालयले आग्रह गरेको छ ।

रिप्लाई गर्नुहोस