06:00PM
चैत्र २ गते २०८१

सुनको भाउ तोलाको १ लाख ५६ हजार ८ सय पुग्यो

भाद्र ३० गते २०८१
11:17 AM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो ।

यसअघि सुनको भाउको उच्च भाउ गएको शुक्रवार तोलाको एक लाख ५६ हजार तीन सय रुपैयाँ रहेको थियो । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर कीर्तिमान बनाएको हो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

रिप्लाई गर्नुहोस