10:47PM
श्रावण १५ गते २०८२

भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश फाइनलमा

भाद्र १० गते २०८१
5:33 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

अब बङ्गलादेशले उपाधिका लागि पर्सि बुधवार नेपालसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइलनमा पुगेको थियो । फाइनल खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।

रिप्लाई गर्नुहोस