09:04AM
पौष ९ गते २०८२

बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनल

भाद्र ४ गते २०८१
5:43 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २–० गोलले हरायो । यो जीतसँगै बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ । श्रीलङ्का लगातार दुई खेल हार्दै समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए को अन्तिम खेलमा पर्सि बिहीवार नेपाल र बङ्गलादेश खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो ।

प्रतियोगितामा भोलि समूह बी का माल्दिभ्स र भुटान खेल्दैछन् । प्रतियोगिताको समूह ए मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् ।

रिप्लाई गर्नुहोस