10:04PM
पौष ७ गते २०८२

भक्तपुरको थिमीस्थित दुईपोखरी निगु पुखुमा डुबेर एक जनाको मृत्यु

वैशाख २ गते २०८१
6:09 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । भक्तपुरको थिमीस्थित दुईपोखरी निगु पुखुमा डुबेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पोखरीमा डुबेर अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको प्रहरी वृत्त थिमीका डीएसपी प्रेमसागर केसीले बताए ।

केसीका अनुसार घाम ताप्ने क्रममा तुइलाल पोखरीमा खसेको र तत्कालै कसैले नदेखेकाले उनको मत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । मृतक श्रेष्ठ थिमी–४ कै स्थानीबासी रहेको डीएसपी केसीले बताए ।

रिप्लाई गर्नुहोस