06:29PM
असार १७ गते २०८२

रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि सहज जित

चैत्र १९ गते २०८०
10:18 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । रोड्रिगोको दुई गोलको मद्दतले रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि सहज जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा २–० को जित हासिल गर्दै रियलले ला लिगाको शीर्ष स्थानमा पुनः ८ अङ्कको अग्रता बनाउन सफल भएको हो ।

ब्राजिलका फरवार्डले खेलको आठौँ मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा जुड बेलिङह्यामको पासमा गोल गर्दै उनले टोलीको जीत सुनिश्चित गरे । ३० खेलपछि रियल ७५ अङ्कसहित लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६७ अङ्क छ । बिल्बाओ ५६ अङ्कसहित चौथो स्थानमा छ ।

रिप्लाई गर्नुहोस