12:26PM
असार २ गते २०८१

नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

चैत्र १३ गते २०८०
7:53 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेल मङ्गलबार चीन प्रस्थान गरेका छन् ।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ ।

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ ।

रिप्लाई गर्नुहोस