12:47PM
असार २ गते २०८१

राष्ट्रियसभाको बैठक आज बिहान ११ः०९ बजे बस्दै

फागुन २९ गते २०८०
8:35 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ः०९ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकले राष्ट्रियसभा अध्यक्ष चयन गर्दै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो ।

अध्यक्षका लागि उमेदवारी दर्ता भइसकेको छ । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ । कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका छन् ।

रिप्लाई गर्नुहोस