नेपाली कांग्रेसले संघीय संसद कार्यसमितिको निर्वाचन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद, संसदीय दल कार्यसमितिको निर्वाचन गराउन निर्वाचन समिति बनाएको छ ।शुक्रबार बसेको कार्यसमिति बैठकले सह महामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् ।
बैठकले महासमितिमा पेश गर्ने तीनवटै प्रतिवेदन उपर प्राप्त सुझावलाई समावेश गरी परिर्माजनसहित पेश गर्ने गरी पास गरेको छ ।
साथै महासमिति सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ तथा शुभेक्षुक संस्थाका केन्द्रीय अध्यक्षहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय समेत गरेको छ ।