12:37PM
असार २ गते २०८१

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलायो 

माघ २० गते २०८०
8:10 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए ।

उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ । ‘संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’ नेता घर्तीले जानकारी दिए ।

हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।

रिप्लाई गर्नुहोस