चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा गएको पहिरोमा परी ४७ जनाको मृत्यु
काठमाडौं । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ५ः५१ बजे झाओटोङ सहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २००भन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गरेका छन् ।स्थानीय सञ्चारमाध्यमका भिडियोहरूले उद्धारकर्ताहरू भत्किएका घरहरू र भवनहरूमा काम गरिरहेको देखाइएको छ। पिपुल्स डेलीका अनुसार घटनापछि यस क्षेत्रबाट ५०० भन्दा बढी व्यक्तिलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।