11:59PM
माघ ३० गते २०८१

नेपाली महिला फुटबल टिमले वेस्ट एसियन फुटबल फेडेरेसन च्याम्पियनसिप खेल्ने 

माघ २ गते २०८०
7:23 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले साउदी अरेबियामा हुने वेस्ट एसियन फुटबल फेडेरेसन वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

मंगलबार बसेको अखिल नेपाल फुटबल संघ ९एन्फा०को आपतकालीन समितिको बैठकले नेपाली महिला टिमलाई आगामी महिना हुने उक्त प्रतियोगितामा सहभागिता गराउने निर्णय गरेको हो ।

वाफ च्याम्पियनसिप गल्फ राष्ट्रहरू प्रतिस्पर्धा गर्ने प्रतियोगिता हो । नेपालले यसमा आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो । साउदी अरेबियामा फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो ।

मंगलबारको बैठकले किङ्घई प्रान्तको युवा टोली र नेपाली युवा टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि टिकरदर समेत कायम गरेको छ । एन्फाले उक्त मैत्रीपूर्ण खेलका लागि साधारणतर्फ ३०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँ तोक्ने निर्णय गरेको छ ।

चीनको नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको यस खेल माघ २७ गते हुने तालिका छ ।

रिप्लाई गर्नुहोस