03:44PM
चैत्र १४ गते २०८१

नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी

पौष २८ गते २०८०
3:25 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ ।

बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए ।त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ । स्थायी समिति बैठकअघि पार्टीको पदाधिकारी बैठक बसेको थियो । 

रिप्लाई गर्नुहोस