07:17PM
चैत्र २ गते २०८१

नागरिक उन्मुक्ति पार्टीको महासचिवमा दुई जनालाई सर्वसम्मत घोषणा

पौष २८ गते २०८०
10:27 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा दुई जनालाई सर्वसम्मत घोषणा गर्दै प्रमाणपत्र दिइएको छ ।टीकापुरमा जारी प्रथम महाधिवेशनले पार्टीको विधान संशोधन गरेर दुई जना महासचिव राख्ने व्यवस्था गर्ने सहमति गर्दै महासचिवमा कैलालीका गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित भएको घोषणा गरिएको छ । उपाध्यक्षमा सर्वसम्मत भएका रतन थापाले विधान संशोधन गर्नेगरी दुवै जनालाई महासचिवमा सर्वसम्मत चयन गरिएको जानकारी दिए ।

थापाले उपाध्यक्षमा पनि सहमतिको प्रयास जारी रहेकोले आज टुंगो लागेपछि बैठक बसेर विधान संशोधन गरिने बताए । योसँगै अध्यक्षसहितका २७ जना पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले उनीहरुलाई शुक्रबार राति प्रमाणपत्र वितरण गरिसकेको छ ।उपाध्यक्षमा अन्य ५ प्रदेशमा सर्वसम्मत निर्वाचित भएपनि बागमति र लुम्बिनी प्रदेशमा सहमति हुन नसक्दा महाधिवेशन लम्बिएको छ । दुवै प्रदेशमा सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् ।

रिप्लाई गर्नुहोस