09:37AM
वैशाख २७ गते २०८२

चीनबाट प्याज आउन थालेपछि भारतीय प्याजको भाउ सस्तियाेभाउ सस्तियाे

पौष १६ गते २०८०
9:07 AM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । चीनबाट प्याज आउन थालेपछि भारतीय प्याजको भाउ समेत सस्तो हुन थालेको छ । दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेकोमा अहिले घटेर ८५ रुपैयाँ पुगेको छ ।

काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ ।

यस्तै, चिनियाँ प्याजको थोक भाउ किलोको ६५ देखि ७० रुपैयाँ छ । मङ्सिरको अन्तिम हप्ता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा भाउ बढेको थियो । त्यसपछि चीनबाट प्याज भित्रिन थालेपछि भाउ सस्तो हुन थालेको हो ।

काठमाण्डौमा भारतबाट दैनिक ८० मेट्रिक टन र चीनबाट पाँचरसात मेट्रिकटनसम्म प्याज भित्रिने गरेको समितिले जनाएको छ ।

रिप्लाई गर्नुहोस