01:52PM
चैत्र १४ गते २०८१

एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई ओलीको जवाफ

पौष ८ गते २०८०
2:30 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलको किन्ने व्यापारीसँग आफूले पनि चिनेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीले असान्दर्भिक कुराहरु गरेर ध्यान अर्कोतिर मोड्न खोजेको बताए । संसदको राज्य व्यवस्था समितिमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिदहरुलाई राम्रोसँग चिन्ने बताएका थिए ।

आफू श्रीमतीको उपचारका लागि सिंगापुर जाँदा उनीहरु कहाँ बसेको भन्दै उनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओली पनि त्यहाँ गएको बताएका थिए । त्यसतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘तपाईँहरुको सरकारले यस्तो वेथिति गरेछ नि भन्दा त्यो बेथिति गर्‍यो भन्ने व्यापारीलाई केपी ओली पनि चिनेको छ नि भन्छन् ।’ उनले अघि भने, ‘केपी ओलीले नेपालका ब्यापारी किन चिन्दैन रु चिन्छ नि त । व्यापारी चिन्नु र वेथिति गर्नु एउटै कुरा हो रु’

रिप्लाई गर्नुहोस