10:24PM
माघ ३० गते २०८१

बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु

पौष ७ गते २०८०
5:38 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४, बैरियाका १० वर्षीय सुमित थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बर्दियाले जनाएको छ । प्रहरीका अनुसार, बबई नदीमा नुहाउन गएका बेला शनिबार मध्याह्न करिब साढे १२ बजे बाघको आक्रमणमा परी बालक घाइते भएका थिए ।

जिरा सामुदायिक वननजिकै पाटेबाघले आक्रमण गरेको हो । त्यसलगत्तै बालकलाई उपचारका निम्ति आरसी थारु मेमोरियल अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दिउँसो साढे १ बजे बालकको मृत्यु भएको बर्दिया प्रहरीका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

रिप्लाई गर्नुहोस