07:11AM
कार्तिक ११ गते २०८२

नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलायो

पौष ७ गते २०८०
11:29 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएको छ । प्राधिकरणले शुक्रवार डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै ४ उद्योगको लाइन काटेको थियो । प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । यी उद्योगहरूबाट कूल ८ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली बिल तिर्न बाँकी रहेको प्राधिकरण स्रोत बताउँछ ।

पटक–पटक बिजुलीको बिल तिर्न ताकेता गरे पनि नतिरेपछि लाइन कोटेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्रीकै इच्छाअनुसार ठुला उद्योगहरूको लाइन काटेपछि प्रतिरोध गर्ने लक्ष्यसहित महासङ्घले बैठक बोलाएको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले नेतृत्व गर्नेछन् । महासङ्घका अध्यक्ष भने काठमाडौँ बाहिर छन् । बैठकमा सम्बन्धित वस्तुगत सङ्घको सहभागिता रहने छ ।

रिप्लाई गर्नुहोस