ठगी मुद्दाका फरार अभियुक्त कोमलराज उपाध्यायलाई अदालतमा प्रहरीले बुझायो
काठमाडौं । प्रहरीले ठगी मुद्दाका फरार अभियुक्त कोमलराज उपाध्यायलाई अदालतमा बुझाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले इन्टरपोलको समन्वयमा पक्राउ गरेको उनलाई सोमबार कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उपाध्यायले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रालि खोलेर श्रीराम रानाभाटसहित ८३ जनालाई दुबईमा विभिन्न पदमा आकर्षक तलब दिने रोजगारीको प्रलोभन देखाई २ करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ ठगी गरेर फरार रहेका थिए । उनलाई खोज्न सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल को सहयोगमा उपाध्यायलाई यूएईबाट पक्राउ गरेर मंसिर ३० गते नेपाल ल्याइएको थियो । रेड नोटिस जारी भएपछि यसका सदस्य राष्ट्रहरुका प्रहरीले सम्बन्धित व्यक्तिलाई खोजी गर्छन् । लोकेट भएपछि रेड नोटिस जारी गर्न अनुरोध गर्ने राष्ट्रको प्रहरीसँग समन्वय गरेर डिपोर्ट गर्ने गरिन्छ । लोकेट भएपछि नेपाल फर्काउन इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो ९एनसीबी० काठमाडौंले समन्वय गरेको थियो ।