09:48PM
चैत्र १३ गते २०८१

बोका चोरेको आरोपमा गुल्मी प्रहरीले २ जनालाई पक्राउ

पौष २ गते २०८०
8:04 AM
Author Avatar
आर्थिक मञ्च

गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा ९ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डीएसपी डिल्लीनारायण पाण्डेले बताए । गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका ५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन् । अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई जनालाई गुल्मीदरवार गाउँपालिका(१ बाट नियन्त्रणमा लिएको हो । सोधपुछका क्रममा उनीहरूले बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको खुलेको डिएसपी पाण्डेले बताए । पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस