09:56PM
माघ ३० गते २०८१

एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु

पौष २ गते २०८०
8:10 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो । बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ । सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।

रिप्लाई गर्नुहोस