12:35PM
असार २ गते २०८१

पश्चिमी वायुको आंशिक प्रभाव पहाडी भू–भागमा आंशिक बदली बाँकी भू–भागमा मौसम सामान्यतया

मंसिर २८ गते २०८०
8:37 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ५।७ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने मौसमविद् शान्ति कँडेलले बाह्रखरीलाई जानकारी दिइन् । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । विभागले राति कोसी कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । आज देशभर हिमपात र वर्षाको सम्भावना छैन । “आज देशका कुतै पनि भू–भागमा वर्षा र हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपातको सम्भावना छैन । यसको कारण नेपालमा अहिले कुनै उल्लेख्य मौसमी प्रणाली छैन,” मौसमविद् कँडेल भन्छिन्, “पश्चिमी वायुको आंशिक प्रभाव मात्रै छ । पश्चिमी वायु स्ट्रङ भयो भने त्यसले वर्षा र हिमपात गराउँछ । अहिले यो कमजोर भएकाले हिमपात र वर्षा हुँदैन ।” अझै दुईरतीन दिन पश्चिमी वायु कमजोर रहने उनको भनाइ छ । पश्चिमी वायु कमजोर हुन्जेल बदली मात्रै हुनेछ ।
चिसो भने केही दिनयता बढ्दै गएको छ । हिजो बिहान काठमाडौंमा ५ः४५ बजे ५।८ डिग्री सेल्सियस तापक्रम थियो । आज सोही समयमा एक पोइन्ट घटेर ५।७ मा झरेको छ । हिजो बिहान ८ः४५ बजेको काठमाडौंको तापक्रम ५।७ डिग्री सेल्सियस मापन भएको थियो । हिमपात हुने जुम्लालगायत केही हिमाली जिल्लामा भने अघिल्लो सातादेखि नै तापक्रम माइनसमा मापन भइसकेको छ । त्यसैले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तराईका जिल्लामा बिहान हुस्सु र कुहिरो लाग्ने गरेको छ ।

रिप्लाई गर्नुहोस