02:37AM
फागुन २७ गते २०८२

२–१ को जित निकाल्दै बुटवलले काठमाडौंको अपराजित

मंसिर २३ गते २०८०
8:09 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनी एफसीले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सविरुद्ध जित हात पारेको छ । शनिबार भएको खेलमा २–१ को जित निकाल्दै बुटवलले काठमाडौंको अपराजित यात्रामा पूर्णविराम लगायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलले २९औं मिनेटमा स्टेफेन बिनोङको गोलबाट अग्रता लिएको थियो । सरोज तामाङले हानेको फ्रिकक बलमा काठमाडौंका गोलकिपर अभिषेक बरालले केही अगाडि बढेर पञ्च गरेका थिए । तर पूर्ण रुपमा क्लियर नभएको बलमा जिलेस्पी जंग कार्कीले फितलो प्रहार गरे । त्यो बलमा सिक्स यार्डमा रहेका हानेको बल टचलाइनमा रहेका कुलदीप कार्कीले रोके । रिबाउन्स बल बिनोङकै खुट्टामा लागेर गोलमा परिणत भयो । खेलको ६१ औं मिनेटमा एरिक विष्टले अग्रता दोब्बर बनाए । जिलेस्पी जंग कर्कीले दिएको क्रसमा कप्तान विष्टले लेफ्ट फुटेड सट हाने, जुन सहजै गोलमा परिणत भयो । खेलको इन्जुरी टाइमका काठमाडौंका राजिव लोप्चेनले गोल गरेपनि टोलीको हार टर्न सकेनन् । केनगुए ओलिभरले दिएको क्रसमा एनकुनगुए जुनियरले हेडर पास दिए, जसमा लोप्चनले निकै राम्रो फिनिसिङ गर्दै गोलमा परिणत गरे । जितसँगै ५ खेलबाट ७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौं भने ५ अंकसहित छैटौं स्थानमा छ । लिग लिडर पोखरा थन्डर्सको ८ अंक छ ।

रिप्लाई गर्नुहोस