12:48AM
फागुन २६ गते २०८२

निफ्राको नगद लाभांश दिने निर्णय

कार्तिक २१ गते २०८०
2:26 pm
Author Avatar
आर्थिक मञ्च

निफ्रा बैंकले ४ प्रतिशत नगद लाभांश सेयरधनीहरुलाई दिने भएको छ । सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्षको नाफाबाट कूल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीबाट ४.२१०५ प्रतिशत बराबर ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ नगद लाभांश वितरण गरिने निफ्राले जनाएको छ । बैंकको आगामी साधारणसभाबाट पारित भएपनि केन्द्रीय बैंकको स्वीकृतिपछि सेयरधनीहरुमा लाभांश वितरण हुनेछ ।

रिप्लाई गर्नुहोस