02:24AM
फागुन २६ गते २०८२

माण्डु हाइड्रोपावरले लाभांश दिने

कार्तिक १७ गते २०८०
1:20 pm
Author Avatar
आर्थिक मञ्च

माण्डु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांशको घोषणा गरेको हो । कम्पनीले कुल १३ करोड ६३ लाख रुपैयाँ बराबर नगद लाभांश वितरण बाड्ने भएको छ ।

हालै सेयर बजारमा सूचीकृत भएको यो कम्पनीको मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ छ । कम्पनीको बुक क्लोज मंसिर ४ गते हुने मिति तय गरेको छ ।

कम्पनीले हाल बागमती साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ ।

रिप्लाई गर्नुहोस