सेयर बजारमा १० अंकको गिरावट
आज साताको अन्तिम कारोबारको दिन थप १० अंकले घटेर सेयर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक १०.८६ अंकले घट्दै १८ सय ४७.७० अंकमा झर्न पुगेको हो ।
आज होटल तथा पर्यटन समूह र म्यानु एण्ड प्रो समूहको दुई वटा उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । आज म्युचुअल फन्ड समूहको उपसूचक सबैभन्दा बढी ४.६३ प्रतिशतले घट्न पुगेको छ ।
आज होटल तथा पर्यटन समूहको उपसूचक ४.२७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक झिनो अंक ०.०७ प्रतिशतले बढेको छ ।
१० अंकमाथिले नेप्से घटेको यस दिन ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको ३७ लाख ४९ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।