04:00AM
फागुन २६ गते २०८२

नेप्सेमा दोहोरो अंकको गिरावट

कार्तिक १४ गते २०८०
7:12 pm
Author Avatar
आर्थिक मञ्च

मंगलबार आज नेप्सेमा १४ अंकको गिरावट आएको छ । ०.७६ प्रतिशतले घटेसँगै आज नेप्से परिसूचक १८६४ अंकमा आइपुगेको छ ।

आज ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको २२ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज ३८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ ।

परिसूचक दोहोरो अंकले घट्दा आज कारोबारमा आएको सबै समूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचकमा १४३ अंकको गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा समूहको सूचकमा ५८ अंको र विकास बैंक समूहको सूचकमा ३१ अंकको गिरावट आएको छ ।

रिप्लाई गर्नुहोस