04:00AM
फागुन २६ गते २०८२

सेयर बजार परिसूचक नेप्सेमा २८ अंकको गिरावट

कार्तिक १२ गते २०८०
3:41 pm
Author Avatar
आर्थिक मञ्च

सेयर बजार परिसूचक नेप्सेमा आज गिरावट आएको छ । दसैँपछि खुलेको सेयर बजारमा पहिलो दिन नै २८ अंकमाथिले नेप्से सूचक घट्न पुगेको छ । आइतबार नेप्से सूचक २८.१८ अंकले घट्दै १८ सय ७५.६५ अंकमा झरेको हो ।

यस्तै आज कारोबार समेत खुम्चिदै ७४ करोड २९ लाख २५ हजारमा सीमित हुन पुगेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक २.६३ प्रतिशत, निर्जीवन बीमा समूहको उपसूचक १.९६ प्रतिशत, जीवन बीमा समूहको उपसूचक १.९७ प्रतिशत र इन्भेष्टमेन्ट समूहको उपसूचक १.६२ प्रतिशतले घटेका छन् ।

यस्तै, विकास बैंक समूहको उपसूचक १.५१ प्रतिशत घट्दा बैंकिङ समूहको उपसूचक १.३९ प्रतिशतले घटेको छ । फाइनान्स, हाइड्रोपावर, म्यानु एण्ड प्रो समूहको उपसूचक क्रमशः १.४२ प्रतिशतल, १.४६ प्रतिशतल र १.१४ प्रतिशतले घट्न पुगेको छ ।

रिप्लाई गर्नुहोस