नेपालको छुर्पी विश्वका १७ देशमा निर्यात
चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा ५५ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । छुर्पी इलाम लगायत नेपालका केही ठाउँहरुमा उत्पादन हुने गर्दछ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा ५४ करोड ९८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको हो ।
नेपालबाट २ लाख ७३ हजार किलोग्राम छुर्पी निर्यात भएको छ । नेपालबाट छुर्पी विश्वका १७ देशमा निर्यात हुँदै आएको छ । छुर्पी विकसित देशमा बिरालो र कुकुरका खानाकारुपमा लग्ने गरिन्छ ।
नेपालबाट क्यानडामा ४ करोड २० लाखको छुर्पी निर्यात हुँदा चीनमा ३ लाख ६७ हजार रुपैयाँ, हङकङमा ३५ लाख, अमेरिकामा ४७ करोडको निर्यात भएको छ । यसबाहेक, सिंगापुरमा १३ लाख, कोरियामा ४५ लाख, मलेसियामा १२ लाख र नेदरल्याण्ड्समा २० लाख रुपैयाँको निर्यात भएको भन्सार तथ्याङ्कले देखाउँछ ।